सवारी लाइसेन्स नवीकरणमा भदौ मसान्तसम्म जरीवाना नलाग्ने


काठमाडौं : सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्न भदौ मसान्तसम्म जरीवाना नलाग्ने भएको छ । लकडाउनको अवधिमा म्याद सकिएकाले भदौ मसान्तसम्म विनाजरीवाना नवीकरण गर्न पाउने भएका हुन् ।

यातायात व्यवस्था विभागले सूचना जारी गर्दै बन्दाबन्दीको कारणले ढिलो भएबापत् बुझाउनु पर्ने शुल्क जरीवाना मिनाहा गरेको बताएको छ । यो निणर्यअनुसार सेवाग्राहीले चैत ११ पछि म्याद सकिएको भए भदौ मसान्तसम्म कुनै जरीवाना लाग्ने छैन ।

प्रकाशित : २०७७ भाद्र ९, मंगलवार १७:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ