प्रदेश २ मा मंगलवार थपिए १६४ कोरोना संक्रमित (हेर्नुस् पुरा डिटेल)


जनकपुरधाम : प्रदेश २ मा मंगलवार १६४ कोरोना संक्रमित थएिका छन् । जसमध्ये २६ जना महिला छन् । योसँगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार १८१ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार धनुषाका ३८ जना, महोत्तरीका १७ जना, सिरहाका १५ जना, बाराका १७ जना, पर्साका १ जना, सर्लाहीका ५० जना र रौतहटका २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै २४ घण्टामै प्रदेश २ मा २ जनाको मृत्यू भएको छ । बलवा नगरपालिका ३ का ७२ वर्षीय पुरुष र लहान नगरपालिका १२ का २२ वर्षीय युवकको कोरोनाले ज्यान गएको मन्त्रालयले जनाएको छ । योसँगै मृतकको संख्या ६४ पुगेको छ ।

हेर्नुस् पुरा डिटेल :

CamScanner 08-25-2020 17.28.04
CamScanner 08-25-2020 17.28.04
प्रकाशित : २०७७ भाद्र ९, मंगलवार १८:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ