मध्यरातमा ‘जनकपुर वाली’ले गरिन् कलाकारिताबाट सन्यासको घोषणा


टुडेखोज/ जनकपुरधाम : ‘जनकपुर वाली’ भनेर चिनिने पूजा पासवानले कला क्षेत्रबाट सन्यास लिने घोषणा गरेकी छन् ।

जनकपुर घर भएकी पासवानले मध्यरातमा फेसबुकमा लाइभ आएर कलाकारिता क्षेत्रबाट सन्यासको घोषणा गरेकी हुन् । उनले सन्यास लिएको कारण भने बताएकी छैन । उनी सन्यासको घोषणा गर्दा भाबुक बनेको देखिन्छन् ।

उनले अबदेखि कुनै पनि फिल्म नखेल्ने र कमेडी नगर्ने बताएकी छन् । भनेकी छन्, ‘यसअघि धेरै च्यानलका लागि सुटिङ गरेकी छु । त्यो पुरानो भिडियो युट्युवमा लोड हुनसक्छ । तर म अब युट्युवमा केहि राख्दिँन ।’ उनले कला क्षेत्रमा रहँदा मप्रति स्रोताहरुले देखाएको प्यार र स्नेहका लागि धन्यावाद दिन चाहन्छु ।’

उनले अब रियल लाइभ जिउन चाहेको बताएकी छन् । उनले कला क्षेत्रमा काम गर्दा आफुबाट भएको त्रुटीको स्रोतासँग माफी समेत मागेकी छन् ।

प्रकाशित : २०७७ भाद्र १७, बुधबार ०८:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ