महान् शहीदहरूप्रति हार्दिक श्रद्धासुमन


  • किशोर गुरु

पटक–पटक भएको मधेश आन्दोलन तथा जनविद्रोहले स्थापित गरेको मुद्दा केही हदसम्म संविधानमा सुनिश्चित भएको छ । तर मधेशको हकअधिकारको सवालमा त्यो पर्याप्त छैन ।

मधेशी समुदायको मागलाई नजरअन्दाज गर्दै शासकहरुले मधेश तथा मधेशीलाइ बलजफ्ती समावेशी समानुपातिक सिद्धान्तलाई बेवास्ता गरि संविधान जारी गर्‍यो । जसको फलस्वरूप मधेशमा विद्रोह बिगुल फुकियो ।

सो विद्रोहका क्रममा राज्यसत्ताको दमनका कारण करिब पाँच दर्जन आन्दोलनकारीले शहादत प्राप्त गरे । आन्दोलनको क्रममा धेरै संख्यामा मधेशी जनताहरु घाइते भए, अंगभंग भए, अशक्तअपांग भए । सयकडौँ निर्दोष मधेशी जनतामाथि झुठा मुद्दा लगाइएको छ ।

तेस्रो मधेश आन्दोलनको क्रममा मधेशी जनता माथि क्रुरतापूर्ण ढंगले अत्यधिक बल प्रहार गर्दा आजकै दिन धनुषा र महोत्तरीमा भएका प्रदर्शनक्रममा शादत प्राप्त गर्नुभएका महान् शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

शहीदहरूको बलिदानीले मधेश आन्दोलनको जग मजबुत भएको थियो । मधेश मुद्दाको सवालमा दृढतापूर्वक संघर्ष गरिरहने प्रेरणा हामीले शहीदहरूकै बलिदानीबाट प्राप्त गरिरहेका छौं ।

अन्त्यमा, मधेश आन्दोलनका महान् शहीदहरूप्रति फेरि पनि श्रद्धासुमन अर्पण गर्दछु ।

  • किशोर जनता समाजवादी पार्टीका साँसद राजेन्द्र महतोका स्वकिय सचिव हुन् ।
प्रकाशित : 10 September 2020 9:23 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !