अभिनेत्री कंगनालाई वकिलले दिए बलात्कारको धम्की


बलिउड अभिनेत्री कंगना रनौटलाई एक वकिलले सामाजिक सञ्जालमार्फत बलात्कारको धम्की दिएका छन् । कंगनाले आफू नवरात्रीमा व्रत बसेको भनेर गरेको फेसबुक पोष्टमा कमेन्ट गर्दै वकिलले बलात्कारको धम्की दिइएको बताएकी हुन् ।

तर कमेन्टमाथि व्यापक आलोचना भएपछि वकिलले आफ्नो फेसबुक ह्याक भएको भन्दै माफी मागे । ओडिसाका वकिल मेहन्दी रजाले कंगनाको पोष्टमा ‘बीच सहरमा बलात्कार हुनुपर्ने’ भन्दै कमेन्ट लेखेका थिए ।

वकिलले माफी माग्दै लेखेका छन्, ‘आज मेरो फेसबुक आईडी ह्याक भएको थियो । जसबाट केही अपमानजनक कमेन्ट पोष्ट गरिएको छ । कुनै पनि महिला वा कम्युनिटीका बारेमा मेरो यस्तो दृष्टिकोण छैन ।’

कमेन्टवारे उनले थपेका छन्, ‘म आफै चिन्तित छु । यसका लागि माफी माग्छु । मलाई माफी दिन आग्रह गर्छु । जसको भावनामा चोट पुगेको छ, मलाई माफी दिनुहोला, यसका लागि म माफी माग्न चाहन्छु ।’

मुम्बईको बान्द्रा अदालतले शनिबार कंगनाविरुद्ध धर्मको नाममा घृणा फैलाएको आरोपमा उजुरी लिन प्रहरीलाई आदेश दिएको थियो । यसलाई लक्षित गर्दै कंगनाले फेसबुकमा तस्बिरसहित एक पोष्ट लेखेकी थिइन् ।

उनले लेखेकी थिइन्, ‘नवरात्रीमा को–को व्रत बस्दै हुनुहुन्छ ? यी तस्बिर आजका हुन्, किनकि म व्रत बसेकी छु । यसबीच मेरोविरुद्ध एक अर्को एफआईआर भएको छ । महाराष्ट्रमा पप्पु सेना ममाथि खनिएको छ। मेरो धेरै सम्झना नगर, म छिट्टै त्यहाँ आउँछु ।’

कंगनाको यही पोष्टमा वकिलले कमेन्ट गरेको थियो ।

प्रकाशित : २०७७ कार्तिक ४, मंगलवार १६:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ