बिहार : समान त हैन, तर, समदृश्य त छ !


  • जेपी गुप्ता

भारतको बिहार प्रदेशमा विधान सभाको चुनाव हुदैछ। बिहारमा पछिल्लो ३० बर्ष देखि मुख्यतः दुईवटा राजनीतिक दलहरू लालु प्रसाद यादव नेतृत्वको राष्ट्रिय जनता दल र नितिश कुमार नेतृत्वको जनता दल युनाईटेडको शासन रहेको छ। दुबैले सर्वथा पृथक नारामा राज्य गरे । राजदले ‘सामाजिक न्याय’ र जेडियूले ‘समुन्नति’ को नारामा । राजदले सामाजिक न्यायको मुद्दालाई सर्वाधिक महत्व दियो, जनताले बृहद् फस्टाएको अपराध तथा आर्थिक अवनतिलाई शुरूका १५ बर्षसम्म ध्यानै दिएनन् । यसपछि जेडियूले सुशासन तथा जनताको बिकासको नारालाई जोड दियो । तर, राज्यलाई शासनको निरन्तरतामा मात्र केन्द्रीत गर्यो, फलतस् आर्थिक बिकासको कुरा नारामा मात्र रहन गयो ।

जनता रनभुल्लमा रहें, सात दशक बित्यो। समग्रमा राजनीतिक स्वप्न, शोषण बिरूद्धको प्रतिशोध, बिकासका नारा तथा धर्मान्ध चेतनाको ध्रुबिकरणमा सात दशक बितेको छ । आज बिहार प्रदेशको समुन्नतिको कैनभासमा यस्तो तस्वीर देखिन्छ- जहाँ ३३.७४५ जनसंख्या गरिबीको रेखामुनी छ । उद्योगले जम्मा १७५ अर्थतन्त्रलाई धानेको छ। भारतको २९ प्रदेशमा जिडीपीको हकमा बिहारको स्थान ८ औं छ । तेहाँ ५२।४७५ जनसंख्या निरक्षर छन । यो भारतकै उच्च दर हो । करिब ४०५ छात्र छात्रा १२औं कक्षामा पुग्दा बिद्यालय छोडद्छन, १३।६५ ले मात्र उच्च शिक्षामा भर्ना लिन्छन् ।

समग्रमा ३५।९५ बालबच्चा शिक्षाबाट बंचित छन । तेहाँ करिब ४२५ बालबच्चा कुपोषणका शिकार छन । बिहारमा १६/६५ बर्ष उमेर समुहका ३८।२५ बेरोजगार छन भने ४०।५५ मजदूर काम बेगर बाँचेका छन । यी तथ्यांकहरू बिहारमा यस अधि चुनावका गंभीर मुद्दा बनेको थिएन । सामाजिक न्यायको चर्को कुराले आर्थिक बदहालीको कुरालाई ओझेलमा राखेको थियो । तर अहिलेको चुनावमा यस्ता सवालहरूले बिहारका ठूलो जनसंख्याको ध्यान खिंचेको छ । जनताले प्रश्न गर्न थालेका छन कि अब थप कति बर्षको समय दिनेरु जनताको यो प्रश्न सत्तारूढ गठबन्धनका लागि कठिन भएको छ ।

नेपालका केही प्रदेशहरू भारतका प्रदेशहरूसंग जोडिएको छ । तर सब भन्दा बढी तादाम्यता प्रदेश २ को बिहार प्रदेशसंग छ । यसर्थ, नेपालको प्रदेश २ ले बिहारको चुनावमा उठेका सवालहरू तथा अपेक्षाहरूलाई गहन रूपमा बुझ्नु जरूरी छ । यो यस कारणले पनि बुझ्नु जरूरी छ कि, प्रदेश २ को सरकार तथा यसका सत्तारूढ दलले बितेको समयावधिमा बढी महत्व ‘अधिकारका सवालहरू’ र ‘सामाजिक न्याय’का कुराहरूलाई दिई रहेको देखिन्छ ।

नेपालको प्रदेश २ जस्को आठ वटै जिल्लाहरू भारतको बिहार प्रदेशसंग जोडिएको छ, यहाँ पनि २७.७५ मानिस गरिबीको चपेटमा रहनु परेको छ । स्वतन्त्र विज्ञहरूले यो ३५ प्रतिशत भन्दापनि ठूलो रहेको भन्छन । यो प्रदेश बहुआयामिक गरिबीको मापदण्डमा पुरै मुलुकमा उच्च छ।नेपालका ७७ जिल्ला मध्ये प्रदेश २ को आठ जिल्लाका बहुआयामिक गरिबहरूको जनसंख्या ३५५ रहेको छ। यस प्रदेशमा स्कूल जाने उमेरका मध्ये ५०५ बालबच्चाहरू मात्र स्कूलमा भर्नासम्म लिएको छ । कुपोषणका शिकार जनसंख्याको सन्दर्भमा कर्णाली प्रदेश पछि प्रदेश २ आउँछ । प्रदेश २ मा १५/४९ उमेर समूहका महिला मध्ये ५८५ एनिमीया रोगबाट ग्रस्त छन भने ३६.८५ नवजात बच्चाहरू कम तौलका जन्मिने गर्छन ।
मुलुकका कुल ३५५२० वटा स्कूलहरू मध्ये प्रदेश २ मा स्कूलको संख्या ४१३७ रहेको छ ।

यस प्रदेशबाट २४।२०५ युवाहरू श्रम बेच्न बिदेशिएका छन् । आर्थिक बिकाश दर भने जम्मा २.३५ रहेको छ । यो प्रदेश युवा साक्षरता दरमा मुलुक मै सबभन्दा कम ६३५ रहेको छ, जबकि गण्डकी प्रदेशको सर्वाधिक ९५५ छ । मुलुकको कूल ४,०१,२३६ उद्योगको तुलनामा प्रदेश २ मा उद्योग संख्या ५४,९१० छ। यहाँको ५४,०४,१४५ जनसंख्यामा जम्मा १३ वटा अस्पताल रहेका छन् । हालको महामारी कोविड १९ लाई नियन्त्रणमा लिने सन्दर्भमा यो प्रदेश असफल जस्तै देखिन्छ । स्वास्थ्य संरचना ध्वस्त छ। नेपालको सन्दर्भमा प्रदेश २ को स्थिति मात्र खराब छ भने होईन । तर, प्रदेश २ तुलनात्मक रूपमा बढी खराब छ ।

बिहारको निर्वाचनमा ३१/५० उमेर समूहका मतदाताहरू ४४.१५ रहेको छ। यसरी नै २६/३० उमेर समूहका मतदाताहरू १५.८५ रहेको छ । दुबैलाई जोडदा, अर्थात २६/५० उमेर समूहका मतदाताको प्रतिशत ५६.९ हुन आउँछ । बिहार राज्यको बिधान सभा निर्वाचनको गहिरिएर मूल्यांकन गर्नेहरूले तेहाँको सत्तारूढ गठबन्धनलाई सबभन्दा ठूलो चुनौति यही उमेर समूहका मतदाताबाट हुन सक्ने आँकलन छ । यस उमेर समूहले यस पटक नयाँ अपेक्षाहरू प्रकट गरिरहेको देखिन्छ । सामाजिक न्यायको मुद्दा, दलित शसक्तिकरणको सवाल, हिन्दु धर्मान्धता, राम मन्दिरको निर्माण र अल्पसंख्यक अधिकारको कुरा ओझेलमा परेको त भन्नु हुन्न् तर प्राथमिक सवालको रूपमा रहेको छैन ।

बिहार राज्यका झैं नेपालका प्रदेश २ को पनि जनसाँख्यिक स्थिति समान नै रहेको छ । जनताका प्रश्नहरूको निर्माण उमेर समूहहरूको प्राथमिकता तथा समान आकाँक्षाहरूले निर्धारण गर्दछ । यहाँ प्रदेश २ अवश्य पनि बिहारबाट बढी प्रभावित रहेको छ । यसर्थ, यहाँका राजनीतिक दलहरूले भोलीका दिनहरूमा सामना गर्नुपर्ने सवालहरूको आँकलन पनि बिहारको राजनीतिक परिदृश्यबाट बुझ्नु उपयुक्त नै हुनेछ ।

प्रकाशित : 2 November 2020 2:13 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !