मिस्टर एन्ड मिस सिरहाको ताज वन्चिता र चिरागले जिते


सिरहा : मिस एन्ड मिस्टर सिरहा–२०२१ को ताज वन्चिता यादव र चिराग शर्माले पहिरिएका छन् । पी. प्रोडक्सन नेपाल प्रालिले आयोजना गरेको प्रतियोगितामा बिहीबार राती सात जनालाई उछिन्दै सिरहाकी १८ वर्षीया यादव मिस सिरहा र चिरागले मिस्टर सिरहाको ताज पहिरिएका हुन् । 

मिस सिरहाको उपाधि जितेकी यादवलाई मिस ग्रान्ड नेपाल-२०१९ निशा पाठकले ताज पहिर्‍याइन् । मिस्टर सिरहालाई कोरियोग्राफर प्रशान्त साहले ताज पहिर्‍याएका थिए । 

मिस र मिस्टर सिरहालाई १५ हजार नगद, मोडिलिङ एग्रिमेन्ट, म्युजिक भिडियो गर्ने मौका, विभिन्न तालिमको अवसर प्रदान गर्ने आयोजकले जनाएका छन् । फिनालेमा फस्ट रनरअप रोमन परियार र रितिका शर्मा भएका छन् ।

सगरम रेडियोका संचालक फिरोज शेखको अध्यक्षतामा फिनाले प्रतियोगिता सम्पन्न भएको थियो ।

प्रकाशित : २०७७ माघ २९, बिहीबार १०:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ