‘नियतमा खोट छैन, राम्रो गर्दागर्दै कतैबाट त्रुटी भयो’


टुडेखोज, जनकपुरधाम : प्रदेश २ सरकारको आर्थिक सहयोगमा प्रदेशका आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलले स्वास्थ्य सुरक्षा सामग्री खरिद गरेर पत्रकारहरुलाई वितरण सुरु गरेको थियो । तर ति स्वास्थ्य सामग्रीमध्येका सेनिटाइजर अवैध ठहरियो । सो समाचार विभिन्न मिडियामा आएपछि प्राधिकरण र काउन्सिलले तत्कालै वितरण नभएको स्वास्थ्य सामग्री तत्काल वितरण नगर्न नेपाल पत्रकार महासंघ जिल्ला शाखाहरुलाई अपिल गरिसकेको छ ।

प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव र काउन्सिलका अध्यक्ष शिवहरी भट्टराईले सप्लायर्स कम्पनीमाथि छानविन र आवश्यक कारबाही हुने भन्दै विज्ञप्ती पनि जारी गरे । यद्दपी विभिन्न टिकाटिप्पणी भइरहेकाले प्राधिकरण अध्यक्ष यादवले सामाजिक सञ्जालमा प्रस्ष्टिकरण दिएका हुन् । उनले भनेका छन्– हाम्रो नियतमा खोट छैन, राम्रो गर्दागर्दै कतैबाट त्रुटी भयो ।’ उनले सामाजिक सञ्जालमा लेखेको स्टाटस हेर्नुस् :

कोभिडको कहरमा पत्रकारहरुकालागि केही न केही गर्नुपर्छ भन्ने सोचका साथ कोभिड १९ को जोखिमबाट जोगिन स्वास्थ्य सुरक्षा सामग्री खरिद गर्ने निष्कर्शमा पुग्यौ । नेपाल पत्रकार महासङ्घ प्रदेश २ का अध्यक्ष राजेश कुमार कर्ण समेतको सल्लाहमा प्राधिकरण र काउन्सिलबाट सामान खरिद भयो । हामी आफै सामग्रीहरु बोकेर निस्वार्थभावले तत्कालै जिल्लाहरु दौडियौ । सामग्री हस्तान्तरण कार्य जारी रहदा सेनिटाइजरको गुणस्तरीयताको विषयमा समाचार थाहा पाए । तत्काल गाडी फिर्ता गर्‍यौ । बुझ्दै जादा गत जेठ ९ गते उक्त सेनिटाइजर कम्पनीमा छापा मारेर सिल गरेको थाहा पायौ । तत्काल सामग्री प्राप्त गरेका शाखा अध्यक्षहरुलाई उक्त सेनिटाइजर वितरण न गर्न आग्रह गर्यौ । बाकी शाखाहरुमा अर्को सेनिटाइजर न आएसम्म हस्तान्तरण कार्य रौक्यौ ।

हामी आफै चिन्तित छौ । विस्तृत बुझ्ने कार्य भई रहेकोले सम्वन्धित सप्लायर्सलाई कार्वाही हुने प्रतिवद्धता ब्यक्त गर्दछौ । सामाजिक संजाल र मिडियाहरुमा आएका थरिथरिका टिप्पणीहरुलाई गम्भीर रुपमा लिएका छौ। सामग्री वितरण भईसकेपछि विस्तृत राख्नेछौ । हाम्रो नियतमा खोट छैन । राम्रो गर्दा गर्दै कतैबाट त्रुटी भएको छ । सिक्दैछु। जीवनमा आजसम्म गलत गर्न जानिन र गर्दिन पनि । यहाँहरु आफै निसाफ गर्नुहोला ।

प्रकाशित : 27 May 2021 6:15 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !