वीरगञ्ज : बाल दिवसको अवसरमा नृत्य, संगीत तथा बक्तृत्वकला प्रतियोगिता सम्पन्न


अर्जुन शाह, पर्सा : वीरगञ्ज महानगरपालिका १९ विन्दवासिनीस्थित विन्दवासिनी माई मन्दिर परिसरमा ‘सामान्य अवस्था वा कोभिड महामारी : बाल अधिकार संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने मुल नाराका साथ नृत्य, संगीत तथा बकतृत्वकला प्रतियोगिता सम्पन भएको छ ।

प्रतियोगिता जीवन ज्योति माध्यमिक विद्यालय र नेशनल कलेजको सहयोगमा र नैतिक तथा शैक्षिक विकास केन्द्रद्वारा आयोजना गरिएको थियो । नैतिक तथा शैक्षिक विकास केन्द्रका अध्यक्ष सुधीर कुमार यादबका अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथि वीरगन्ज महानगरपालिका महानगरपालिकाका उप-मेयर शान्ति कार्की, बिशिष्ट अतिथी पुरुषोतम उपाध्याय र अथितिमा विन्दवासिनी युवा समाजका सिजन क्षेत्री, केदार गुप्ता,सरिता थापा, मन्तुरी यादव,मुरत यादव मनोज यादव लगायतका मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रम उद्घोषण सूर्य शुभचिन्तक भने निर्णायक मण्डलमा नृत्यका संगीत चौधरी, जय प्रकाश चौधरी, प्रमोद यादव लगायतका रहेका थिए । कार्यक्रममा वक्तित्वकला प्रतियोगितामा प्रथम स्थान नितु यादव, दोस्रो स्थान अर्जुन शाह र तेस्रो स्थान अमलेश साह हासिल गरे ।

कार्यक्रममा नैतिक तथा शैक्षिक विकास केन्द्र का सदस्य सिम्रन थापा, अरपचाना साहलगायतका उपस्थिति रहेको थियो ।

प्रकाशित : २०७८ भाद्र २९, मंगलवार १९:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ