मधेसका चर्चित गायक यादवको निधन


जयनाथ यादव, सिरहा : मधेसका चर्चित गायक सावन कुमार यादवको निधन भएको छ । सिरहाको लहान नगरपालिका २२ घर भएका गायक यादवको आज अल्पआयूमै निधन भएको हो ।

बिरामी परेका यादव डाक्टरको निगरानीमा उपचार गराइरहेका थिए । अन्दाजी ३५ वर्षीय यादवको निधनले उनको गाउँबासी शोकमा डुबेका छन् । उनका बुवा बिन्देश्वर यादव वडाध्यक्ष हुन् ।

यादव सयौं मैथिली गित गाएका छन् । उनको कैयौं गित सामाजिक सञ्जालमा भाइरल छन् । ‘प्रेम हम करबे करब, अहि स सजनी… कहि दियौं बाबु के करब हम मगनी’ जस्ता उनका कैयौं गित लोकप्रिय बनेको छ ।

प्रकाशित : २०७८ आश्विन १९, मंगलवार ११:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ