सुजिता बनिन् मिस युनिभर्स नेपाल, नगद १० लाख उपहार पाइन्


काठमाडौं । मिस युनिभर्स नेपाल २०२१ को उपाधि सुजिता बस्नेतले जितेकी छिन् । मिस नेपाल अमेरिका भैसकेकी सुजिताले उपाधिसँगै १० लाख रुपैयाँ नगद जितेकी छन् ।

सुजिताले आगामी डिसेम्बरमा इजरायलमा हुने मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्ने छिन् । फस्ट रनरअप निनाकान्त मण्डल हुँदा रक्षा उप्रेती सेकेन्ड रनरअप, प्रतीक्षा महरा थर्ड रनरअप र केशु खड्का फोर्थ रनरअप भए ।

अमेरिकामा बस्दै आएकी सुजिताले विदेशलाई कर्मभूमि बनाए पनि नेपालको सेवा गर्नुपर्छ भन्ने आफ्नो सोच रहेको बताएकी छन् । उनी अहिले चर्चामा छिन् ।

प्रकाशित : २०७८ कार्तिक १४, आईतवार ०५:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ