जसपालाई झट्का : यूवाको प्रदेश उपाध्यक्षसहित दर्जनौं नेता कार्यकर्ता काँग्रेसमा प्रवेश


जयनाथ यादव, लहान । जनता समाजवादी पार्टी (जसपा) सिरहाका दर्जनौं नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

जसपा समाजवादी युवा संघका प्रदेश उपाध्यक्ष सकल देब यादब, जसपाकै नेताहरु राजकुमार सिंह, श्रीप्रशाद यादव, कपिलदेब महतो, दिलिप महतो, लालबाबू केशरी, दिनेश यादव लगायतका नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

जसपा परित्याग गरेका उनीहरुलाई काँग्रेस सिरहाका सभापति रामचन्द्र यादवले पार्टीमा स्वागत गरे । काँग्रेसमा पार्टी प्रवेश गरेका राजकुमार सिंह प्रदेशका अर्थमन्त्री विजय यादव रहेका बेला उनको सल्लाहकार थिए ।

काँग्रेसमा प्रवेश गरेका उनीहरु गोलबजारका छन् । जसपा गोलबजारका अन्य नेता कार्यकर्ता पनि छिट्टै काँग्रेसमा प्रवेश गर्ने बताइएको छ । सोका लागि केहिदिन भित्रै नेपाली काँग्रेसले पार्टी प्रवेश कार्यक्रम राख्ने जनाएको छ ।

प्रकाशित : २०७८ चैत्र ३, बिहीबार १२:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ