सिरहाबाट यी महिला दुई बालिका लिएर फरार


टुडेखोज, लहान । सिरहाको कर्जन्हा नगरपालिका ६ बेतहा टोलबाट अपरिचित एक महिलाले दुई बालिकालाई लिएर सम्पर्क विहिन बनेकी छन् ।

सामाजिक अभियन्ता सरोज रायका अनुसार बेतहा टोलकी १६ वर्षीय रेशमा पासवान र १३ वर्षीया वर्षा पासवानलाई लिएर रवीना खातुन नाम गरेकी महिला सम्पर्क विहिन भएकी हुन् । चैत १ मा बालिका लिएरै सम्पर्क विहिन बनेकी उनी अहिलेसम्म भेटेकी छैन ।

खातुनको स्थायी ठेगाना कसैलाई थाहा छैन । तर केहिदिन अगाडीदेखि उनी बेतहा टोलमै बस्दै आएकी थिइन् । आफु धेरै पिडीत भएको दुःख पोखेपछि गाउँबासीले उनलाई बस्न दिएको थियो ।

अभियन्ता रायका अनुसार सिरहाको माडर नाकाबाट भारतको जयनगर पुग्न सजिलो हुने भएकाले सो नाका प्रयोग गर्न सक्ने अनुमान गरेका छन् । फोटो समेत सार्वजनिक गरेर देख्ने वित्तिकै सम्पर्क गर्न सबैसँग उनको अपिल छ ।

प्रकाशित : २०७८ चैत्र ३, बिहीबार १२:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ