जनकपुर इन्जिनियरिङ कलेजका ९ विद्यार्थीले छात्रवृत्ति पाउने


काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रको पहलमा जनकपुर इन्जिनियरिङ कलेजले ९ जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट मान्यता पाएको कुपन्डोलस्थित जनकपुर इन्जिनियरिङ कलेजले पाँच जनालाई सिभिल र चार जनालाई कम्प्युटर इन्जिनियरिङमा ५० प्रतिशत छात्रावृत्ति दिन लागेको हो ।

सिभिल इन्जिनियरिङका लागि ३२ लाख र कम्प्युटर इन्जिनियरिङको लागि २० लाख छात्रावृत्ति दिने कलेजले निर्णय गरेको छ ।

नेपाल आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले गरिब तथा जेहेन्दार विद्यार्थीले कलेजमा सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।

इन्जिनियरिङ अध्ययन संस्थानले लिने प्रवेश परीक्षामा उत्तिर्ण विद्यार्थीले छात्रावृत्तिको लागि दावी गर्न सक्ने कलेजका प्रिन्सिपल सागर श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : २०७८ चैत्र ४, शुक्रबार ११:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ