जनकपुरका झा घरमै मृत भेटिए


काठमाडौं । जनकपुर घर भएका एक व्यवसायी घरमै मृत फेला परेका छन् । प्रहरीका अनुसार मिथिला हार्डवेयरका सञ्चालक विनोद झा मृत फेला परेका हुन् ।

झा मोरङको विराटनगर रोडशेष चौकमा मिथिला हार्डवेयर पसल गर्दै आएका थिए । बुधबारबाट घरबाहिर नदेखिएका उनको शरीर पङ्खा नजिकको हुकमा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीलाई घरमा रहेको होटलका कर्मचारीले बिहीबार बेलुका खबर गरेका थिए । सोहीअनुसार प्रहरीले बिहीबार राति करिब १० बजे घरमा हेर्दा झा झुण्डिएर मृत अवस्थामा भेटिएका थिए ।

५६ वर्षीय झा पछिल्लो समय एक्ल‌ै बस्दै आएको थियो । पारिवारिक सदस्यका अनुसार चिकित्सक छोरी स्नेहा र श्रीमती साधना झा हुन् । दुवै जना केही दिनदेखि काठमाडौँमा भएको बताइएको छ ।

प्रकाशित : २०७८ चैत्र ४, शुक्रबार १४:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ