सिँचाईमा खपत हुने विद्युत निःशुल्क बनाउने मन्त्रीको घोषणा


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले सिँचाईमा खपत हुने विद्युत निःशुल्क बनाउने घोषणा गरेकी छन् ।

कृषि क्षेत्रलाई आत्मनिर्भर बनाई मुलुकको अर्थतन्त्रलाई टेवा पुर्‍याउन मन्त्री भुसालले यस्तो घोषणा गरेकी हुन् । गत मंसीर १ गतेबाट सिँचाईमा खपत हुने विद्युतको शुल्क ५० प्रतिशत घटाएको उल्लेख गर्दै उनले अब त्यसलाई निःशुल्क गर्ने बताइन् ।

सिँचाईमा खपत हुने विद्युत निःशुल्क गरेर मुलुकको अर्थतन्त्रमा टेवा पुर्‍याउन आफू लागिपरेको मन्त्री भुसालले उल्लेख गरेकी छन् । शुक्रबारबाट काठमाडौंमा सुरू भएको नेपाल हस्तकला महासंघको ४१ औं वार्षिक साधारण सभामा उनले यस्तो बताइन् ।

मन्त्री भुसालले नेपालमा उत्पादित बस्तुहरु आयात नगर्न पनि व्यवसायीलाई पटकपटक आग्रह गरिन् । उनले नाफा हुन्छ भन्दैमा प्लाष्टिकका फूलहरु आयात गर्ने काम व्यवसायीहरुले गर्न नहुने धारणा राखिन् ।

प्रकाशित : २०७८ चैत्र ४, शुक्रबार १६:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ