जनकपुरः बाहुवली ठान्नेलाई प्रतिकार गर्ने काँग्रेस नेता यादवको चेतावनी


जनकपुरधाम । नेपाली काँग्रेस धनुषा सभापतिमा पराजित भएका संस्थापन पक्षका उम्मेदवार सन्तोष यादवले उच्च मनोवलका साथ होली मनाउन आफ्ना पक्षधर नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

जनकपुरस्थित पार्टीको प्रादेशिक कार्यालयमा नेता कार्यकर्तालाई बोलाएर उनले यस्तो आग्रह गरेका हुन् । उनले आन्तरिक प्रतिस्पर्धामा पराजय व्यहोरे पनि उच्च मनोवलका साथ संघर्ष जारी राख्नुपर्ने बताए ।

धनुषा सभापतिमा निर्वाचित योगेन्द्र रौनियारलाई लक्षित गर्दै उनले पार्टीको विधि विधान विपरित बाहुबली बन्न खोज्नेहरुको प्रतिकार गर्ने चेतावनी समेत दिए । स्थानीय तहको निर्वाचनमा समन्वय र सहकार्य नगरे प्रतिकार गर्ने उनको भनाई थियो ।

नेता यादवले पार्टीका सहमहामन्त्री महेन्द्र यादव र केन्द्रीय नेता आनन्द ढुंगानाले केहि कारणवस आउन नसकेको र शुभकामना सन्देश पठाएको बताए । उनले नेता कार्यकर्ताहरुसँग होलीको शुभकामना साटासाट गरेका छन् ।

प्रकाशित : २०७८ चैत्र ४, शुक्रबार १७:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ