जनकपुर : करेन्ट लागेर यादव र पोखरीमा डुबेर दासको मृत्यू


जनकपुरधाम । धनुषामा करेन्ट लागेर एक युवकको र पोखरीमा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।

धनुषाको मुखियापटी मुसहरनिया गाउँपालिका ६ वैरियामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २६ वर्षीय ललित यादव रहेको धनुषा प्रहरीले जानकारी दिएको छ ।

भैँसीलाई नुहाउन मोटर खोल्दा करेन्ट प्रवाह भइ घाइते भएका ललितलाई उपचारका लागि जानकी हेल्थकेयर जनकपुरमा ल्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए ।

त्यस्तै, धनुषाको जनकपुर उपमहानगरपालिका ११ लक्षमण अखडा बस्ने लक्ष्मण दासका १२ वर्षीय छोरा कर्णकुमार दासको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।

अरगजा पोखरीमा डुबेको अवस्थामा भेटिएका कर्णलाई स्थानीयले उद्धार गरी प्रादेशिक अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

प्रकाशित : २०७८ चैत्र ५, शनिबार १९:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ