देहव्यापारको दृष्य हटाएर सपुतले पुनः अपलोड गरे ‘पीर’


काठमाडौं । गायक प्रकाश सपुतले आफ्नो चर्चित गीत ‘पीर’को केही दृश्य हटाएर युट्युमा पुनः अपलोड गरेका छन् ।

शनिबार पौने ६ बजे साँझतिर पुनः अपलोड गरिएको गीतबाट माओवादीकी पूर्व लडाकुले देहव्यापार गर्न बाध्य भएको दृश्य हटाइएको छ ।

माओवादीबाट आपत्ति व्यक्त भएको मुख्य दृश्य हटाएर गीतका अरू दृश्य तथा शब्द भने यथावत राखेर पुनः अपलोड गरिएको हो ।

सपुतले पीरमा प्रतिकात्मक रुपमा राखिएको एउटा दृश्यले पात्रले चित्रण गरेको सम्बन्धित समूहको आत्मसम्मानमा चोट पुगेको र गीतको अन्य सौन्दर्यलाई समेत छायामा पारेको भन्दै हटाएको बताएका छन् ।

उनले पूरानो भिडिओ सेयर नगरिदिन समेत आग्रह गरेका छन् ।उनले गीतलाई थप राजनीतिकरण नगर्न आग्रह समेत गरेका छन् । – नेपाल प्रेस

प्रकाशित : २०७८ चैत्र ५, शनिबार २०:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ