मन्त्री यादवले शंकराचार्य पीठलाई गरे एक लाख ११ हजार रुपैयाँ सहयोग


झापा । झापाको अर्जुनधारा नगरपालिका वडा १ मा रहेको शंकराचार्य पीठ साधुटारले दैनिक एक रुपैयाँ दान ११ करोडको अक्षयकोषको स्थापना महाअभियानका लागि ४५ लाख बढी रकम शंकलन गरेको छ ।

उक्त अभियानमा प्रदेश नम्वर १ का सामाजिक विकास मन्त्री जयकुमार यादवले आफ्ना स्वर्गीय पिता बज्रु यादवको स्मृतिमा एक लाख ११ हजार एक सय ११ रुपैयाँ रकम प्रदान गर्ने घोषणा गरेका छन् ।

साधुटारका सर्वाङ्गीण विकासका लागि सहयोग पुर्याउने वचन बद्धता समेत राखेका यादवले वैदिक सनातन धर्मको संरक्षण र संवद्र्धनमा साधुटारले पुर्याएको योगदानको खुलेर प्रशंसा समेत गरेकाका थिए ।

२०७७ साल फागुन १ गतेबाट शंकराचार्य पीठमा सञ्चालित अभियान अहिले रकम जुटाउन लागि परेको पीठका अध्यक्ष एवम् व्यासाचार्य लक्ष्मीप्रसाद खतिवडाले बताए ।

गत वर्षबाट झापाका तत्कालिन् प्रजिअ श्रवणकुमार तिम्लिसना, एसपी सानुराम भट्टराई, आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत युवराज श्रेष्ठले रसिद काट्दै अभियानको शुभारम्भ गरेका थिए ।

प्रकाशित : २०७८ चैत्र ६, आईतवार ०८:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ