अहिले नै बजारमा आयो आँप, मूल्य थाहा पाउनुहोस्


काठमाडौं । सामान्यतया आँपको मौसम असार महिना हो । त्योभन्दा अघिपछि पनि नेपाली बजारमा आँप पाइने गरेका छन् ।

अहिले कालीमाटी फलफुल तथा तरकारी बजारमा बेमौसमी आँप प्रतिकेजी ४५० रुपैयाँका दरले विक्री भइरहेको छ । व्यवसायीका अनुसार आँपको माग नभएपनि मूल्य भने चर्को रहेको छ ।

मौसममा आँपको मूल्य १ सय देखि डेढ सय रुपैयाँ प्रतिकेजीसम्मै पाइने गरेपनि अहिले भारतबाट आयात गर्नुपरेका कारण मूल्य उच्च पर्ने गरेको कालीमाटी फलफुल तथा तरकारी बजारका व्यवसायी राजु यादव बताउँछन् ।

‘अहिले बजारमा देखिएको आँप भारतबाट आयात गरिरहेका छौं’ यादवले भन्छन्, ‘आँपको सिजन शूरु नै नभएकाले आँप किन्नेहरु पनि खासै आएका छैनन् ।’

कालामाटी फलफूल तथा तरकारी बजारमा फलफूल बेच्दै आएका कमल बस्नेतले अहिले भारतबाट आयातित आँप बेच्दै छन् । उनले पनि आँप प्रतिकिलो ४५० रुपैयाँका दरले विक्रि गरिरहेका छन् ।

नेपाली आँप जेठको अन्तिमतिरबाट बजारमा आउने भएपनि गर्मी बढेकाले आँपको व्यापार पनि बढेको उनले बताए । ‘आँपको सिजन नभएकाले महंगो भएको हो’ उनले भने, ‘मौसमी आँप बजारमा आउन थालेपछि विस्तारै मूल्य घट्छ ।’ – आर्थिक अभियान

प्रकाशित : २०७८ चैत्र ६, आईतवार ०९:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ