दुबईबाट आएका मेहताले पेटभित्र लुकाएका थिए सवा केजी सुन !


काठमाडौं । त्रिभुवन विमानस्थलबाट एक भारतीय नागरिक करिब सवा केजी सुनसहित पक्राउ परेका छन् ।

मलद्वारमा लुकाएको अवस्थामा त्रिभुवन विमानस्थल प्रहरीले शुभम मेहरालाई पक्राउ गरेको हो । उनको साथबाट एक केजी २ सय ७० ग्राम सुन बरामद भएको हो ।

सुनलाई अर्धठोस बनाएर ल्याएको अवस्‍थामा बरामद भएको प्रहरीले जनाएको छ । यसअघि पनि विदेशबाट आएका नागरिकको मलद्धारबाट पटक पटक सुन बरामद भएको थियो ।

प्रकाशित : २०७८ चैत्र ६, आईतवार १६:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ