जनकपुर : म्यादी प्रहरीमा जागिर गर्नेको भीड लाग्यो, ३ हजार ४८६ भर्ना लिने


जनकपुरधाम । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि धनुषा जिल्लामा ३ हजार ४८६ म्यादी प्रहरी भर्ना गरिने भएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार महिला र पुरुषको कोटा नछुट्याएकाले आवेदनको आधारमा भर्ना गरिनेछ । स्थानीय तहको निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले आह्वान गरेको भर्नाका आधारमा पहिलो दिनदेखि नै जिप्रका धनुषामा आवेदन दिनेको भीड लागेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाको प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार भर्नाको आवेदन चैत ६ गतेदेखि ११ गतेसम्मको समय दिइएको छ । म्यादी भर्नाका १८ वर्षदेखि ५४ वर्ष उमेर ननाघेको नेपाली नागरिक हुनुपर्नेछ ।

धनुषामा १ उपमहानगरपालिका, ११ नगरपालिका र ६ वटा गाउँपालिका गरी कुल १८ वटा स्थानीय तह रहेको र जसका लागि यस जिल्लामा मात्र ३ हजार ४८६ जना म्यादी प्रहरी माग गरिएको हो ।

आवेदन दिएकाहरूको छनोट चैत १५ देखि हुनेछ भने अन्तिम नतिजा चैत २२ गते प्रकाशित गरी २८ गतेदेखि प्रशिक्षण शुरु गरिने जिल्ला प्रहरी कार्यालयले जानकारी दएको छ ।

प्रकाशित : २०७८ चैत्र ६, आईतवार १८:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ