डा. शर्मा भारतका लागि राजदूत नियुक्त


काठमाडौं । भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा नियुक्त भएका छन् ।

उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्‌को सिफारिसमा राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषद्‌ले तीन महिनाअघि नियुक्तिको सिफारिस गरेर संसदीय सुनुवाइ भए पनि शर्माको एग्रिमो आउन विलम्ब भएको थियो । गत साता मात्रै एग्रिमो आएपछि उनलाई राजदूत नियुक्त गरिएको हो ।

डा। शर्मा अर्थविद हुन् । उनले यसअघि अमेरिकाको राजदूतको जिम्मेवारी पनि सम्हालिसकेका छन् । शर्मा अर्थविद्‌ हुन् ।

प्रकाशित : २०७८ चैत्र ६, आईतवार २०:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ