धनुषामा दुर्घटनाः सिरहा अदालतका २ न्यायाधिश घाइते, हेलिकप्टरबाट काठमाडौं लगियो


जनकपुरधाम । पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ मा दुर्घटनामा परेर सिरहा जिल्ला अदालतका दुई न्यायाधिश घाइते भएका छन् ।

घाईते हुनेहरुमा न्यायाधिशद्धय ध्रुव प्रसाद उप्रेती र पुष्पराज थपलिया छन् । घाइते उप्रेतीको अवस्था गम्भीर छ । उनी दुबै जनालाई तत्कालै उपचारका लागि प्रहरीले जनकपुरस्थित काव्या अस्पताल लगिएको थियो ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी जीतेन्द्र बस्नेतका अनुसार काव्यामा उपचार सम्भव नभएपछि हेलिकप्टर चाटर्ड गरेर काठमाडौं लगिएकोछ । काठमाडौंको मेडिसिटी अस्पतालमा अहिले उपचार भइरहेको छ ।

काठमाडौंबाट सिरहा जाने क्रममा सरकारी बा २ झ ३९३२ नम्बरको सरकारी प्लेट भएको कार र ना १ ज ६५०७ नम्बरको वींगर ठोक्किर दुर्घटना भएको डिएसपी बस्नेतले बताए । घटनाकबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रकाशित : २०७८ चैत्र ६, आईतवार २१:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ