सप्तरीमा जनमत माटो यात्रा : अबकी बार सीके सरकार !


जनकपुरधाम । मधेस प्रदेशको सप्तरीमा पनि जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जनमत माटो यात्रा सुरु गरेका छन् । उनको गृह जिल्ला पनि हो सप्तरी ।

सप्तरीमा जनमत माटो यात्रामा जनसागर नै उर्लिएको देखियो । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा जनमत पार्टी सक्रियता बढाएको छ ।

जनमत माटो यात्रामा सहभागी गाडीमा अबकी बार सीके सरकारको नारा समेत देखिएको छ । निर्वाचनबाट जनता राज ल्याउने, भ्रष्टाचारको अन्त्य गर्ने र १० लाख बेरोजगारलाई रोजगारी दिने उनको मुख्य एजेण्डा छ ।

 

प्रकाशित : २०७८ चैत्र ६, आईतवार २२:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ