खेसरहिया बजारको नाम ‘श्रीराम चोक’ घोषणा, यस्तो छ कारण


गौर । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहले माधव नारायण नगरपालिकाको खेसरहियामा विकास भइरहेको बजारको नाम श्रीराम चोक घोषणा गरेका छन् ।

गत वर्ष ह- त्या गरिएका पुजारी श्रीराम साहको स्मृतिमा खेसरहियामा निर्मित हनुमान मन्दिर र धर्मशालाको उद्घाटन गर्दै पूर्वमन्त्री साहले सो चोकलाई श्रीराम चोक र श्रीराम बजारको रुपमा अगाडि बढिरहेको बताए ।

देवाही बागमती पुलबाट खेसरहिया हुँदै वीरेन्द्र राजमार्गमा जोडने सडक निर्माण अन्तिम चरणमा पुगेकोले शहरीकरण सम्भव रहेको पूर्वमन्त्री साहले घोषणा गरे ।

पूर्वमन्त्री साहले सो मन्दिर परिसरमा निर्माण भएका सबै संरचनाहरु आफ्नो निजी प्रयासमा कुनै सरकारी बजेटविना निर्माण गरिएको जनाउँदै मनमा दृढ संकल्प भ‌ए हरेक कुरा सम्भव रहेको उल्लेख गरे ‌।

पुजारीकै ह- त्या गरिएको स्थानमा उनको सालिक, हनुमान मूर्ति स्थापना हुनु र मठ निर्माण गरेर आफुले पुजारीप्रति श्रद्धा तथा श्रद्धाञ्जली अर्पण गरेको उल्लेख गर्दै सो क्षेत्रको थप विकासको लागि निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गरे ।

पूर्वमन्त्री प्रभु साहको पहलमा पुजारीको ह- त्या गरिएको स्थानमा २ कोठे र ३ कोठे गरि २ वटा मठ र धर्मशाला भवन, पुजारीको शालिक, हनुमानको मूर्ति तथा हनुमान मन्दिर परिसरको निर्माण गरिएको हो । बिना कुनै बजेट एक करोडभन्दा बढी लागतमा सो संरचना निर्माण भएको हो ।

प्रकाशित : २०७८ चैत्र ७, सोमबार २०:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ