मुख्यमन्त्री लालबावु राउतका पिताको खानेपानी ‘लाइन कट’


वीरगञ्ज । नेपाल खानेपानी संस्थान वीरगन्ज शाखाद्वारा मधेश प्रदेशका मुख्यमन्त्री लालबावु राउतको पिताको नाममा रहेको खानेपानीको लाईन काटिएको छ ।

वीरगञ्ज स्थित तेजारथ टोलमा रहेको राउतको निजी निवासमा रहेको खानेपानीको लाईन काट्न नेपाल खानेपानी संस्थानले सूचना जारी गरेको छ ।

खानेपानी संस्थान वीरगन्जले सूचना जारी गरी खानेपानी संस्थानलाई तिर्नुपर्ने बक्यौता रकम नतिरेपछि कालो सूचिमा राखी लाइन काटिएको उल्लेख गरिएको छ । मुख्यमन्त्री राउतका पिता दशरथ राउत गद्दीको नाउँमा रहेको खानेपानीको १ लाख ६३ हजार २ सय १६ रुपैयाँ बक्यौता रहेकाले लाइन काट्नु परेको खानेपानी संस्थानले स्पष्ट गरेको छ ।

नेपाल विद्युत प्राधिकरणको जानकी मन्दिरमाथि बाँकी रहेको महसुल मुख्यमन्त्री राउतले आफ्ना एकजना सल्लाहकारका विवाहको वार्षिकोत्सवको अवसरमा मिन्हाका लागि संघीय सरकारलाई मन्त्रिपरिषद् बाट निर्णय गरी सिफारिस गरेका छन् ।

वीरगञ्जका अधिकांश नेता र ठूला व्यवसायीहरुले खानेपानी संस्थानको महसुल नतिरी पानी उपभोग गरिरहेको खानेपानी संस्थानको तथ्यांकबाट देखिन्छ । खानेपानीको महसुल बक्यौता रहेकाहरुको सूचना प्रकाशन गर्दै लाइन काटिने संस्थान वीरगन्जका शाखा प्रमुख निरण महर्जनले बताए ।

प्रकाशित : २०७८ चैत्र ८, मंगलवार ०७:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ