यस्तो लफडामा फसे SSP सिंह, कारबाही गर्न सिफारिस


काठमाडौं । नेपाल प्रहरीका एसएसपी अशोक सिंहलाई कारबाही सिफारिस भएको छ ।

जुवाखालमा ‘चोरी भएको’ भनिएको चेकसम्बन्धी उजुरीमा गलत मनसाय राखेर अनुसन्धान गरेको भन्दै उनीमाथि कारबाही सिफारिस गरिएको हो । एसएसपी सिंह काठमाडौं परिसरको प्रमुख हुँदा सो घटना भएको थियो ।

डिआइजी राजेशलाल कर्ण नेतृत्वको समितिले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई सोमबार प्रतिवेदन बुझाउँदै कारबाहीको सिफारिस गरेको हो । सिन्धुलीका राजकुमार बरालको चेक जुवा खेल्ने क्रममा उनका साथी सुभाष भेटवालले लिएका थिए ।

बरालले आफ्नो चेक चोरी गरेर त्यसमा भेटवालले आफैँ रकम भरेको उनको दाबी छ । भेटवालले भने चेकमा भएको रकमको माग गरी प्रहरीमा उजुरी गरेका थिए ।

चेक बाउन्स नै नभएको अवस्थामा भेटवालले उजुरी गरेको र प्रहरीले क्षेत्राधिकारबाहिर गएर सो मुद्दाको अनुसन्धानमा बद्नियत राखेको प्रतिवेदनमा रहेको स्रोत बताउँछ । घटनाको भोलिपल्टै बरालले चेक हराएको भनेर प्रहरीमा उजुरी दिएका थिए ।

सोही निवेदनका आधारमा प्रहरीले चेक हराएको ठाउँमा जुवा खेलेको भनेर घटनास्थलको मुुचुल्का पनि गरेको थियो । जसका आधारमा जुवा मुद्दा चलाउनुपर्ने देखिएकोमा त्यसतर्फ प्रहरीले अनुसन्धान गरेन ।

‘जुवा खेलेको सूचना पाउँदा पनि एसएसपीले त्यसमा अनुसन्धान नगरी लुकाएको देखियो,’ छानबिन समितिका एक अधिकारीले भने, ‘त्यसमा उहाँको नियत ठीक देखिएन भन्ने हाम्रो निष्कर्ष हो ।’

प्रकाशित : २०७८ चैत्र ८, मंगलवार ०९:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ