हुलाकी सडकमा रोलरको ठक्करबाट सुपरभाइजर यादवको मृत्यु


बुटवल । कपिलवस्तुमा रोलरको ठक्करबाट सुपरभाइजरको मृत्यु भएको छ ।

महाराजगञ्ज २ स्थित तौलिहवा बहादुरगञ्ज हुलाकी सडक गैडहवा नजिक मंगलबार बिहान रोलरको ठक्करबाट सुपरभाइजरको ज्यान गएको हो ।

हुलाकी सडकमा सडक विभागका सुपरभाइजर कपिलवस्तु ४ पण्डितडिहवाका बसन्त कुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।

प्रहरीका अनुसार ग २ क ४३३९ नम्बरको रोलरले रोड बनाउने क्रममा ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका यादवको उपचारको क्रममा मृत्यु भएको हो ।

मृतकका भाइ लोकनाथ यादवले सडकका कर्मचारीबीच पहिलेदेखि विवाद रहेको हुँदा रिसइवीले रोलरले ठक्कर दिएको आरोप लगाए ।

मृतकका आफन्तहरु अहिले कपिलवस्तु सामुदायिक अस्पतालमा जम्मा भएका छन् ।

प्रकाशित : २०७८ चैत्र ८, मंगलवार १६:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ