जनकपुर- जयनगर रेल चलाउन अध्यादेश जारी


काठमाडौं । जनकपुर- जयनगर रुटमा रेल चलाउन ‘रेल्वे अध्यादेश २०७८’ जारी भएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले मंगलबार अध्यादेश जारी गरेकी हुन् । सरकारले रेल्वे सम्बन्धी कानुन बनाउन राष्ट्रियसभा विधेयक दर्ता गरे पनि डढे वर्षदेखि कानुन निर्माण प्रक्रिया पूर्णरुपमा बिथोलिएपछि फिर्ता लिएको थियो ।

दुवै सदनबाट पास हुने अवस्था नभएपछि सरकारले फिर्ता लिएर अध्यादेश जारी गरेको हो । भारतीय सहयोगमा निर्माणमा भएको रेल सञ्चालन गर्न कानुनी अड्न पैदा भएपछि सरकारले अध्यादेश ल्याएको छ ।

रेल्वे संचालन सम्बन्धी कानुन अभावमा जनकपुर- जयनगर रेल सुरु भएको छैन् । अध्यादेश जारी भएपछि लामो समयदेखि थन्काइएको रेल संचालनमा आउने बताइएको छ ।

प्रकाशित : २०७८ चैत्र ८, मंगलवार १९:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ