शिक्षक लाइसेन्स लिखित परीक्षाको पाठ्यक्रम परीवर्तन


काठमाडौं । शिक्षक सेवा आयोगले आयोगबाट लिइने शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स)को लिखित परीक्षाको पाठ्यक्रम परिवर्तन गरेको छ ।

शिक्षक अध्यापन अनुमति पत्रको विषयगतरुपमा संञ्चालन हुदै आएकोमा आयोगको चैत २ गते बसेको बैठकले निम्न माध्यमिक र माध्यमिक तहको अध्यापन अनुमति पत्रको पाठ्यक्रम तथा परीक्षा प्रणाली परिवर्तन गर्ने निर्णय गरेको छ ।

परिवर्तन भएको लिखित परीक्षको पाठ्यक्रम आयोगको वेवसाइटमार्फत सार्वजनिक गरिएको आयोगकी उपसचिव संगीता रेग्मीले जानकारी दिईन । उनका अनुसार आगामी परीक्षा नयाँ पाठ्यक्रम अनुसार हुनेछ ।

शिक्षक सेवा आयोगको वेवसाइट : https://tsc.gov.np/

प्रकाशित : २०७८ चैत्र ९, बुधबार ०७:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ