सलमान खान नेपाल आउँदै, ३० हजार दर्शक सहभागी गराउने, टिकट मूल्य २५ हजार !


काठमाडौं । बलिउड अभिनेता सलमान खानको काठमाडौंमा तय भएको कार्यक्रममा ३० हजार दर्शक सहभागी हुने अपेक्षा आयोजकले गरेको छ ।

आगामी जेठ १४ गते दशरथ रंगशालामा सलमानको उपस्थितिमा कार्यक्रम गर्न लागिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक ओडीसीले जानकारी दियो ।

कार्यक्रमका लागि ४ थरीको टिकट विक्री गर्ने जानकारी दिइयो । जसअनुसार ५ हजार, १० हजार, १५ हजार र २५ हजार दरको टिकट विक्री हुनेछन् ।

यी टिकट चाँडै नै स्वदेश तथा विदेशका दर्शकको सहजताका लागि डिजिटल वालेटमार्फत बिक्री खुला गरिनेछ । कार्यक्रममा बलिउड कलाकार खानअघि नेपाली कलाकारको लाइनअप प्रस्तुति रहनेछ ।

एक दर्जन हाराहारीका नेपाली कलाकारको करिब डेढ घण्टा प्रस्तुति रहनेछ । त्यसपछि सलमान खानसहितका बलिउड कलाकारको प्रस्तुति रहनेछ ।

यस्तो कार्यक्रम २०७४ सालमै गर्न खोजिएपनि कोरोनाका कारणले नसकिएको भन्दै आयोजकले पुनः दर्शकको चाहनालाई पूरा गर्न लागिपरेको पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस नोटमा उल्लेख गरिएको छ ।

प्रकाशित : २०७८ चैत्र ९, बुधबार १८:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ