धनुषा : रक्सी पसलमा प्रहरीको अप्रेशन, १८ मोटरसाइकल र लाखौंको रक्सी बरामद


बिपिन यादव, जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिका १ इनर्वास्थित एक रक्सी पसलमा प्रहरीले छापा मारेर लाखौंको रक्सी र मोटरसाइकल बरामद गरेको छ ।

इनर्वाका पिनटु कुनर यादवको पसलमा प्रहरीले बुधवार साँझ छापा मारेको हो । जिल्ला प्रहरी कार्यलय धनुषाबाट प्रहरी निरीक्षक बिक्रम साह र सशस्त्र प्रहरी बल नेपाल बिओपि इनर्वाबाट सशस्त्र निरीक्षक शम्भु कटुवाको कमान्डमा खटेको टोलीले पसलमा छापा मारेको बताइएको छ ।

छापा मारेर १८ वटा मोटरसाइकल र सोमा लोड गरि राखेको करिब ३ लाख मूल्य बराबरको रक्सी बरामद गरेको सशस्त्र निरीक्षक कटुवालले जानकारी दिए । उनका अनुसार मोटरसाइकल करिब १७ लाख बराबरको रहेको छ ।

प्रकाशित : २०७८ चैत्र ९, बुधबार २१:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ