यातायात विभागले सच्यायो सूचना, देशभरका कार्यालय आजैबाट सेवा दिने


काठमाडौं । यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयबाट दिइने सेवा अनिश्चितकालका लागि अवरुद्ध हुने सूचना सच्याएको छ ।

विभागले बुधबार दोस्रोपटक सूचना जारी गर्दै विद्युत् आपूर्ति प्रणाली यूपीएस परिवर्तन गर्नुपर्ने भएकाले बुधबार अपरान्ह ५ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि मात्रै सेवा अवरुद्ध हुने जनाएको हो । उक्त सूचना अनुसार आजबाटै सेवा सुरु भएको छ ।

यसअघि सर्भरहरूमा विद्युतीय समस्या देखिएको भन्दै विभागले बुधबार अपरान्ह ५ बजेदेखि समस्या समाधान नभएसम्मका लागि सबै सेवा अवरुद्ध हुने भन्दै सूचना जारी गरेको थियो । हेर्नुहोस् नयाँ सूचना :

प्रकाशित : २०७८ चैत्र १०, बिहीबार ०६:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ