प्रभु साहविरुद्ध एमालेकै केन्द्रीय नेता झाले दिइन् उजुरी


काठमाडौं । नेकपा (एमाले) रौतहटको विवादले केन्द्रीय कमिटी बैठकमा प्रवेश पाएको छ ।

एमाले केन्द्रीय सदस्य रेखाकुमारी झाले बिहीबारको केन्द्रीय कमिटी बैठबकमा नेता प्रभु साहविरुद्ध उजुरी दिएकी हुन् ।

झाले रौतहट जिल्ला अधिवेशनमा पाँच पदाधिकारीलाई मध्यरातमा अज्ञात स्थलमा लगेर शपथ खुवाइएको आरोप लगाएकी छन् । जिल्ला अधिवेशन फेरि गर्नुपर्ने उनको माग छ ।

रौतहट जिल्ला अधिवेशन हल सम्पूर्णले गरेको विरोध र असहमतिका बाबजुद हलले अनुमोदन नै नगरेका पाँचजना पदाधिकारीलाई मध्यरातमा नेता प्रभु साहको नेतृत्वमा अज्ञात स्थलमा लगी शपथ खुवाइएको कार्यको घोर निन्दा पत्रमा गरिएको छ ।

पत्रमा भनिएको छ- तमाम इमानदार योद्धा कमरेडहरूको उच्च आत्मबललाई निराशामा परिणत नगरी दिनुहुन केन्द्रीय अध्यक्ष कमरेडलाई आग्रह गर्न चाहन्छु ।

प्रकाशित : २०७८ चैत्र १०, बिहीबार २१:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ