मधेस : बाँसको लाठीले हिर्काएपछि भाउजुको मृत्यू


जनपकुरधाम । आफ्नै भाउजुलाई ह त्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको फतुवा विजयपुर नगरपालिका २ शितलपुरका ३५ वर्षीय बिन्दा महतो छन् ।

उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । आफ्नै ४० वर्षीया भाउजु रमकुम्री देवीको ह त्या गरेको आरोप उनीमाथि लागेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पुरानो रिसिइवीको कारण चैत ४ गते राति बिन्दाले बाँसको लाठीले हिर्काउँदा रमकुम्री गम्भीर घाइते भएकी थिइन् । घटना भएको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय सन्तपुरबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि ट्रोसिटी अस्पताल वीरगंज पठाएको थियो ।

उनको उपचारको क्रममा बिहीबार मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : २०७८ चैत्र १०, बिहीबार २१:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ