सिरहामा कांग्रेस नेतालाई धम्की दिएका SP पाण्डेको पदोन्नति रोक्का


काठमाडौं । नेपाली कांग्रेस सिरहाका एक नेतालाई धम्क्याएको आरोपमा निलम्बनमा परेका एसपी हिराबहादुर पाण्डेलाई प्रहरी प्रधान कार्यालयले एक वर्षका लागि पदोन्नती रोक्का गरेको छ ।

कार्यालयले विभागीय कारबाही गर्दै एसपी पाण्डेलाई एक वर्षका लागि पदोन्नति रोक्का गरेको हो । गएको पुसमा जिल्ला प्रहरी कार्यालय सिराहाको प्रमुख रहँदा पाण्डेले कांग्रेसका जिल्ला सभापति रामचन्द्र यादवलाई धम्क्याएको उजुरीका आधारमा गृह मन्त्रालयले पाण्डेलाई तीन महिनाका लागि निलम्बन गरेको थियो ।

प्रधान कार्यालयले गरेको छानबिनको क्रममा एसपी पाण्डेले नेता यादव र सिडिओ लालबाबु कवारीलाई समेत धम्क्याएको पुष्टि भएपछि उनलाई एक वर्षसम्म पदोन्नती रोक्का रोक्का गरिएको हो ।

छानविन टुंग्याएर प्रहरी प्रधान कार्यालयले केही दिनअघि मात्रै पाण्डेको निलम्बन फुकुवा गरेको थियो । नेता र सिडिओलाई त्यसरी धम्क्याउनु प्रहरी आचरणको गम्भीर उल्लंघन भएको ठहर प्रधान कार्यालयले गरेको छ ।

कांग्रेस सभापति यादवको डिजाइनमा आफूलाई अवधि नपुगी सरुवा गरेको भन्दै उनले फोनमा धम्क्याएको छानबिनबाट पुष्टि भएको छ । सिडिओ कवारीसँग पनि एसपी पाण्डेको विवाद भएको थियो ।

प्रकाशित : २०७८ चैत्र ११, शुक्रबार ०९:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ