नेकपा एसका प्रवक्ता भने- कांग्रेसले नचाहे जसपा र माओवादीसँग गठबन्धन गर्छौं


सिबेन्द्र रोहिता, जनकपुरधाम । नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले चुनावी तालमेलमा काँग्रेसले नचाहे माओवादी केन्द्र र जसपासँग गठबन्धन गर्ने बताएका छन् ।

जनकपुरस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो धारणा राखेका हुन् । उनले काँग्रेसका नेतृत्वपंक्ति शेरबहादुर देउवा जी गठबन्धनको पक्षमा रहेको बताए ।

उनले भने- काँग्रेसको अगामी केन्द्रीय कमिटी बैठकले आधारभूत निर्णय लिएपछि प्रक्रिया अगाडि बढ्छ । यदि काँग्रेसले गठबन्धन नगर्ने निर्णय गरियो भने जसपा र माओवादी केन्द्रबीच गठबन्धन गर्छौ । प्रतिगमनको विरुद्ध र लोकतन्त्रको पक्षमा रहेको अन्य शक्तिसँग पनि गठबन्धन हुन्छ ।

प्रवक्ता खतिवडाले भारतले नेपाली भुमि मिचेकोमा आपत्ति जनाए । तर चीनले नेपाली भूमि मिचेपनि उनले चीनको बचाउ गरे ।

प्रकाशित : २०७८ चैत्र ११, शुक्रबार १२:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ