रोहित पौडेलले बनाए जीवनकै पहिलो शतक


काठमाडौं । युवा ब्याट्सम्यान रोहित पौडेलले खेलजीवनकै पहिलो एकदिवसीय शतक प्रहार गरेका छन् ।

पपुवा न्युगिनीविरूद्धको एकदिवसीय खेलमा रोहितले आफ्नो खेलजीवनकै पहिलो शतक बनाएका हुन् ।

उनले शुक्रबारकै खेलमा १६ वटा ओडिआईबाट ५ सय रन बनाउने एकमात्र नेपाली खेलाडीको कीर्तिमान पनि बनाइसकेका छन् ।

यसअघि पारस खड्काले मात्र ओडिआईमा शतक बनाएका छन् । उनले सन् २०१९ मा युएईविरूद्ध नेपालका लागि पहिलो एकदिवसीय शतक बनाएका थिए ।

प्रकाशित : २०७८ चैत्र ११, शुक्रबार १७:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ