मधेश : ठोरीमै बस्यो मन्त्रीपरिषद्को बैठक, १० करोड बजेट दिने घोषणा


पर्सा । मधेश प्रदेश सरकारले ठोरी गाउँपालिकालाई पर्यटन क्षेत्र घोषणा गरेको छ ।

ठोरीको जंगल रिसोर्टमा मधेश प्रदेश सरकारको शुक्रबार बसेको बैठकले गरेको निर्णयअनुसार ठोरी गाउँपालिकालाई मधेश प्रदेशको पहिलो पर्यटकीय क्षेत्र घोषणा गरिएको हो ।

प्रदेश मन्त्रिपरिषदको राजधानी जनकपुरधाम बाहिर ठोरीमा नै बसेको बैठकले ठोरीको पर्यटन प्रवर्द्धनका लागि १० करोड रूपैयाँ बजेट विनियोजन गर्ने निर्णयसमेत गरेको छ ।

मन्त्रिपरिषदको बैठकले गरेको निर्णय सार्वजनिक गर्दै मुख्यमन्त्री लालबाबु राउतले ठोरीलाई पर्यटन क्षेत्र घोषणा गरिएको बताए ।भोलि शनिबार पर्साकै भाठाधाम जाने र भाठाधामलाई पनि धार्मिक पर्यटकीय क्षेत्र घोषणा गर्ने कार्यक्रम प्रदेश सरकारको छ ।

यसअघि ठोरी गाउँपालिकालाई प्रदेशको पहिलो पर्यटकीय क्षेत्र घोषणा गर्न मधेशका मुख्यमन्त्री राउतलगायत मन्त्रीहरूलाई सांस्कृतिक झाँकीसहित स्थानीयले कार्यक्रमस्थलमा स्वागत गरेका थिए ।

प्रकाशित : २०७८ चैत्र ११, शुक्रबार २१:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ