मधेश प्रदेश : २१ हजार म्यादी प्रहरीका लागि ६८ हजारले भरे फारम


जनकपुरधाम । मधेश प्रदेशमा म्यादी प्रहरीका लागि ६८ हजार आवेदन परेको छ । २१ हजार ६९८ जना म्यादी प्रहरीका लागि यो प्रदेशमा ६८ हजार १९ जनाले आवेदन दिएका हुन् ।

आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरिएपछि प्रदेशमा ६८ हजार १९ जनाले दरखास्त दिएको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ ।

कार्यालयका अनुसार सप्तरीमा ९४३४, सिरहामा ६५०७, धनुषामा ९०२१, महोत्तरीमा ८०५४, सर्लाहीमा १०८५१, रौतहटमा ४४८४, बारामा ११२६७ र पर्सामा ६२०१ जनाले आवेदन दिएका छन् ।

सप्तरीमा ३१३९, सिरहामा २३३१, धनुषामा ३४८६, महोत्तरीमा २७३७, सर्लाहीमा ३०८८, रौतहटमा २५८९, बारामा २५२८ र पर्सामा १८०१ जना म्यादी प्रहरीको माग गरिएको प्रदेश प्रहरी प्रबक्ता एसपी तुलबहादुर कार्कीले बताए ।

प्रकाशित : २०७८ चैत्र १२, शनिबार ११:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ