मधेस प्रदेशका दुई गाउँपालिका कार्यालयमा अख्तियारको छापा


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशको दुई गाउँपालिकामा भ्रष्टाचारको आशंकामा छापा मारेको छ ।

कोरोनाकालमा नक्कली बिल बनाएर राहत वितरण गरेको भन्दै पर्साको जगरनाथपुर र सर्लाहीको कौडेना गाउँपालिका कार्यालयमा छापा मारेको हो ।

केन्द्रीय कार्यालय काठमाडौं र मधेस प्रदेशको कार्यालय बर्दिबासको संयुक्त टोलीले सोमबार बिहान कार्यालयमा छापा मारेको अख्तियार स्रोतले जनाएको छ ।

‘कोरोनाकालमा खाद्यान्नसहित अन्य राहत सामग्रीहरूको नक्कली बिल बनाएको भेटिएपछि छापा मारिएको हो‚’ स्रोतले भन्यो ।

प्रकाशित : २०७८ चैत्र १५, मंगलवार १४:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ