मधेस सरकारले थप्यो १६ सय बढी दरबन्दी


जनकपुरधाम । मधेस प्रदेश सरकारले प्रदेशमा कर्मचारीको दरबन्दी थपेको छ । सरकारले करिब १६ सय बढी कर्मचारीको दरबन्दी थप गरेको हो ।

०७८ माघ ६ गते मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाको संयोजकत्वमा मुख्यमन्त्रीस्तरीय निर्णयबाट गठित प्रदेश संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिले सोमबार मुख्यमन्त्री लालबाबु राउतलाई प्रतिवेदन हस्तान्तरण गरेको छ।

प्रदेशमा हाल ३१५८ दरबन्दी कायम रहेकोमा त्यसलाई बढाएर नयाँ प्रतिवेदनले ४७९३ पुर्‍याएको समितिका संयोजक दीपेन्द्र झाले हस्तान्तरण समारोहमा बताए । उनले प्रतिवेदन तयारीमा प्रदेश सरकारको एक रुपैयाँ पनि खर्च नभएको समेत बताए ।

सोही समितिले प्रदेश निजामती नियमावलीसमेत तयार पारेर सरकारलाई हस्तान्तरण गरेको छ। हस्तान्तरण गरिएको नयाँ सांगठनिक संरचना र निजामती नियमावली मन्त्रिपरिषद्बाट पारित भएलगत्तै प्रदेश लोक सेवाबाट नयाँ भर्ना तथा हाल कार्यरत कर्मचारीको बढुवाको बाटो खुला हुने समितिका सदस्य सचिव एवं मुख्यमन्त्री कार्यालयका उपसचिव रुपेश साहले बताए ।

समितिको अर्को सदस्य सचिवमा प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादव थिए भने प्रदेश सरकारका सचिवहरू सदस्य थिए ।

प्रकाशित : २०७८ चैत्र १५, मंगलवार १४:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ