मधेसका जिल्लाहरुमा पेट्रोलको चरम अभाव, प्रतिलिटर ३५० रुपैँया कायम !


सप्तरी । राजबिराजमा बसोबास गर्दै आएका ३० वर्षीय अरूण यादवको म‍ोटर साइकलको पेट्रोल सकियो । उनी शनिबार पेट्रोल खोज्न निस्के । नजिकका सबै पेट्रोल पम्प धाए ।

पेट्रोल कुनै पम्पमा पाएनन् । एक जना स्थानीयको सहयोगमा बोतलको एक लिटर पेट्रोलको ३२० तिरेर तत्काल काम चलाए । पेट्रोल डिजल किनेर स्टोकमा राखेकाहरूले अहिले एक लिटरको २५० देखि ३५० रूपैयाँ लिएर उपभोक्तालाईलाई दिँदै आएको स्थानीयको गुनासो छ।

राजविराज १ का ३५ वर्षीय परमेश्वर झाले शुक्रबार जिल्लाका विभिन्न पेट्रोल पम्पमा तेल खोज्न धाए । बल्लतल्ल एउटा पम्पमा पेट्रोल पाइयो । तर हजार जनाभन्दा बढी संख्यामा उपभोक्ताको लाइन थियो । एक घण्टाभन्दा बढी उभिएर पेट्रोल लिँदा पनि आवश्यकता जति नपाएको बताए।

पेट्रोलको अभावमा सधैं मोटरसाइकल स्कुटीमा देखिनेहरू यतिबेला हिँडेर आवतजावत गरेको देखिन थालेका छन् । इन्धन ढुवानी गर्ने व्यवसायीले विभिन्न माग राखेर डिपोबाट तेल नपठाउँदा पेट्रोलियम पदार्थको अभाव भएको स्थानीय पेट्रोलियम पम्प व्यवसायीहरू बताउँछन् ।

शनिबार साँझ आन्दोलनरत पक्षसहित सरोकारवालबीच सहमति भएकाले अब पेट्रोलियम पदार्थ सहज हुने आशा गरिएको छ ।
– एजेन्सी/ न्युज कारखाना

प्रकाशित : २०७८ चैत्र २०, आईतवार १५:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ