जनकपुरधाम । मधेश सरकारले २०७९ सालकाे सार्वजनिक बिदा सूची सार्वजनिक गरेकाे छ। संघीय सरकारले दिएको सार्जनिक बिदा बाहेक थप ११ दिन सार्वजनिक विदा दिने निर्णय गरेकाे हाे ।
प्रदेशमा मनाइने विभिन्न पर्व, दिवसकाे अवसरमा मधेश सरकारले बिदा दिने निर्णय गरेकाे हाे । अब माओवादी जनयुद्ध दिवसका दिन फागुन १ गते पनि मधेश प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ ।
त्यस्तै, आगामी वैशाख २ गते सिरुवा पर्व, वैशाख २७ गते जानकी नवमीको बिदा दिएकाे छ। यस्तै, छठ पर्वको भोलिपल्ट कात्तिक १४ गते सोमबार, विवाहपञ्चमीका दिन मंसिर १२ गते सोमबार, मधेश बलिदानी दिवस मनाउन माघ ५ गते बिहीबार, जनयुद्ध दिवस मनाउन फागुन १ गते, होली पर्वको भोलिपल्ट फागुन २४ गते बुधबार र चैत १६ गते बिहीबार रामनवमीको बिदा दिएको छ।
तीन दिन मुस्लिम धर्माबलम्बीका लागि बिदा छुट्टयाइएको छ। इस्लाम धर्माबलम्बीहरुहरुको पर्व बकर इद (इद उल अजहा), इद (इद उल फित्र) र पैगम्बर महम्दको जन्म दिनमा विदा दिने प्रदेश सरकारले जनाएको छ।