मधेस : क्रसर सञ्चालकको जलेर मृत्यु, घटना शंकास्पद !


जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिका ४ जमुनियास्थित रातु नदी किनारमा निर्माणाधीन एक क्रसरमा सञ्चालकको जलेर मृत्यु भएको अबस्थामा लाश भेटिएको छ ।

रातु नदीको किनारमा निर्माणाधीन जय श्री हनुमान वालुवा वासिङका क्रसर सञ्चालक मिथिला नगरपालिका २ बस्ने ३९ वर्षीय दिनेश महतोको मृत्यु भएको हो ।

ओछ्यानमा जलिरहेको अवस्थामा उनको शव क्रसर भएकै ठाउँको घरमा फेला परेको प्रहरीले जनाएको छ । करेन्ट लागेर उनको जलेर मृत्यु भएको प्रहरीको अनुमान छ ।

स्थानीयले भने महतोको जला एर ह त्या भएको दावी गरेका छन् । दिउँसो करिब २ बजेतिर जलिरहेकै बेला भंगहा प्रहरी चौकीबाट खटिएको प्रहरीसहित दमकल र स्थानीयले आगो निभाएका थिए ।

महतोले पाटनरसीपमा क्रसर सञ्चालन गरेका थिए। उनका सहपाठी सुरज महतोलाई स्थानीयको दबाबमा प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : २०७९ बैशाख २५, आईतवार २१:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ