मधेसका यी यूवक २२ वर्षमै बने गाउँपालिका अध्यक्ष


सर्लाही । सर्लाहीको रामनगर गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट राजाबाबु यादव विजयी भएका छन् । यादव २२ वर्षीय युवक हुन् ।

अध्यक्षमा जितेकाहरुमध्ये यादव सबभन्दा कम उमेरका छन् । उनले ४ हजार ८१ मत ल्याएर बिजय भएको रामनगर गाउँपालिकाका निर्वाचन अधिकृत बासुदेव तिमल्सिनाले जानकारी दिए ।

राजाबाबु यादवका निकटतम् प्रतिद्वन्द्वी आफनै काका नेपाली कांग्रेसका उम्मेदवार हरिनन्दन प्रसाद यादवले २३३९ मत प्राप्त गरे । राजाबाबुको रामनगर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसबाट उम्मेद्वारी दिएका आफ्नै काकालाई पराजित गरे ।

अध्यक्षमा निर्वाचित यादव पूर्वसांसद शिवपुजन राय यादवका छोरा हुन् । उनी काठमाडौंमा बिबिएस पढिरहेका थिए ।

प्रकाशित : २०७९ जेष्ठ २, सोमबार १५:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ