मेयर बालेनले प्रधानसेनापति शर्मालाई किन भेटे ?


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन् ।

आज मेयरका रुपमा सपथ लिएलगत्तै भद्रकालीस्थित सैन्य मुख्यालय पुगेका शाहले प्रधानसेनापतिसँग भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा शाहले राष्ट्रिय सुरक्षा र विपद् व्यवस्थापनको क्षेत्रमा नेपाली सेनाले गरेका कामको प्रशंसा गरेको बताइएको छ । उनले काठमाडौं महानगरपालिका र नेपाली सेनाबीच सम्भावित सहकार्यबारे पनि छलफल गरेका थिए ।

सो क्रममा प्रधानसेनापति शर्माले शाहलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित : २०७९ जेष्ठ १६, सोमबार १७:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ