धनुषामा काँग्रेसबाट को को भए उम्मेदवार सिफारिस ? हेर्नुहोस् डिटेल


जनकपुरधाम । नेपाली कांग्रेस धनुषाले अगामी निर्वाचनलाई मध्य नजर गर्दै सम्भावित उम्मेदवारहरुको नाम धामाधम सिफारिस गरिरहेको छ ।

पार्टीको निर्देशन अनुसार कांग्रेस धनुषाका ४ वटै क्षेत्रका क्षेत्रिय समितिहरुले उम्मेदवार छनौट गर्न वैठकलाई तीव्रता दिएको छ । नेपाली कांग्रेसले धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्ष र समानुपातिक दुवैमा पुर्व मन्त्री आन्नद ढुङ्गनाको एकल नाम सिफारिस गरेको छ ।

त्यसैगरि, धनुषा क्षेत्र नम्बर २ बाट पूर्व मन्त्री रामकृष्ण यादवको एकल नाम प्रत्यक्षमा सिफारिस गरिएको छ भने समानुपातिकमा भने अझै टुङ्गो लागेको छैन । जिल्ला सभापति पञ्जियारका अनुसार प्रत्यक्षमा रामकृष्णको एकल नाम सिफारिस भएपनि समानुपातिकामा आकांक्षीहरु धेरै भएकोले अहिले सम्म टुंगो लाग्न छैन ।

सो क्षेत्रमा समानुपातिक तर्फ पार्टीका पूर्व जिल्ला सभापति महेशशंकर गिरि र शिवधारी यादवको नाम चर्चामा रहेको छ । समानुपातिक उम्मेदवार छान्ने क्षेत्रीय समितिको वैठक शुक्रवार दिउँसो देखि भईरहेपनि अहिले सम्म कुनै निर्णय हुन सकेको उनले बताए ।

त्यसैगरि, उम्मेदवार छनौटको विषयमा धनुषा क्षेत्र नम्बर ३ को क्षेत्रिय समितिको वैठक शुक्रवार दिउँसो देखि नै भईरहेपनि अझै प्रत्यक्ष तर्फका धनाड्य प्रमेश्वर महासेठको एकल नाम सिफारिस गरिएको छ ।

धनुषा क्षेत्र नम्बर ४ का उम्मेदवार छनौटको लागि शनिवार क्षेत्रिय समितिको वैठक वोलाईएको छ । सो क्षेत्रमा प्रत्यक्ष तर्फका सम्भावित उम्मेदवार हरुमा पार्टीका सह–महामन्त्री तथा पूर्व मन्त्री महेन्द्र यादव र पूर्व राष्ट्रपति डा.रामवरण यादवका पुत्र डा. चन्द्रमोहन यादव आकांक्षी रहेका छन् ।

तर सह– महामन्त्री यादव पार्टी सभापति शेरवहादुर देउवा निकट रहेकोले उनको एकल नाम सिफारिस हुने सम्भावना रहेको कांग्रेसजनको भनाई छ । सह–महान्त्रीको नाम प्रत्यक्षमा सिरफारिस भए चन्द्रमोहनको एकल नाम समानुपातिका सिफारिस हुन सक्छन् ।

त्यसैगरि, पार्टीका जिल्ला सभापति योगेन्द्र पजियारको नाम पनि समानुपातिका सिफारिस भएको छ ।

प्रकाशित : २०७९ भाद्र १८, शनिबार ०८:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ